Logo

प्याब्सनद्धारा एसईई परीक्षाबिना विद्यार्थीलाई प्रमाणपत्र दिन माग



Spread the love

एजेन्सी । निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याब्सनले एसईई परीक्षाबिना नै आन्तरिक मूल्यांकनद्धारा प्रमाणपत्र दिन माग गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ ।

प्याब्सनले मंगलबार निकालेको विज्ञप्तिमा कोरोनाको कारण परीक्षा लिन असमर्थ भएकाले आन्तरिक मूल्यांकनबाटै विद्यालयले पठाएको विद्यार्थीको ग्रेड सिट अनुसार राष्ट्रिय परीक्षा बाेर्डले प्रमाणीकरण गरी प्रमाणपत्र दिन माग गरेको हो ।

काेराेनाले गर्दा एसईई , एघार र बाह्रकाे परीक्षा हुन सकेकाे छैन भने नयाँ शैक्षिक सत्रकाे पढाइ पनि पछाडि धकेलिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्