Logo

सत्यवती गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्रयाक्टर प्रदान गर्‍यो



Spread the love

२२ बैशाख गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्रयाक्टर प्रदान गरेको छ ।

किसानहरूलाई उत्पादनमा प्रेरित गर्ने, उत्पादनमा जोड दिने, कृषिलाई आधुनिकीकरणसँगै प्रविधि मैत्री बनाउने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ किसानलाई अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराइएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले सल्लेरी खबरलाई बताए ।

४७ हजार ४ सय ७५ पर्ने हाते ट्रयाक्टर ५० प्रतिशत अनुदान दिएर २३ हजार ७ सय ३७ रुपैयाँ ५० पैसामा विभिन्न कृषि समूह तथा व्यक्तिलाई पचास वटा हाते ट्रयाक्टर प्रदान गरिएको हो ।
अनुदानमा हाते ट्रयाक्टर पाएसँगै किसानहरू हर्षित बनेका छन् । उत्पादनमा लागत कम लाग्ने र आफूहरूलाई कृषि उत्पादनमा प्रेरणा मिलेको उनीहरूको भनाई छ ।

गाउँपालिकाले पनि किसानलाई उत्पादनमा जोड दिन आग्रह गरेको छ । किसानलाई आवश्यक मल, बिउ तथा उपकरणको व्यवस्था गाउँपालिकाले गर्ने दाबी गरेको छ । साथै, पचास प्रतिशत लगानी गर्ने जो सुकै किसानलाई हाते ट्रयाक्टर उपलब्ध गराउने सकिने अध्यक्ष पारिश्वर ढकालले बताए । गत वर्ष पनि सत्यवती गाउँपालिकाले ६१ वटा हाते ट्रयाक्टर किसानलाई उपलब्ध गराएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्