Logo

भारतमा कोरोना संक्रमितको सङ्ख्या ४२ हजार कट्यो



Spread the love


एजेन्सी । छिमेकी राष्ट्र भारतमा तेस्रो चरणकाे लकडाउन सुरु भइसकेको छ । लकडाउन भएपनि संक्रमितको सङ्ख्यामा भने कमी आएको छैन । सरकारी आंकडा अनुसार अहिलेसम्म भारतमा ४२ हजार ५३३ जना संक्रमित भएका छन् । यसै गरी ११ हजार ७०७ जना निको भइ घर फर्केका छन् भने १ हजार ३७३ जनाको ज्यान गएको छ ।

कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र, गुजरात र दिल्ली बढी प्रभावित भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी संक्रमितको सङ्ख्या रहेको छ भने यहाँ मर्नेहरुको सङ्ख्या पनि उत्तिकै रहेको छ । महाराष्ट्रमा ५४८ जनाले ज्यान गुमाइसकेका छन् भने १२ हजार ९७४ जना संक्रमित भएका छन् । महाराष्ट्रपछि गुजरातमा बढी मृत्यु भएको छ । गुजरातमा २९० जनाले ज्यान गुमाइसकेका छन् भने ५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्