Logo

पाकिस्तानमा मृत्यु हुनेको सङ्ख्य स्थिर



Spread the love

२२ बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले पाकिस्तान पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको पाकिस्तान अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

पाकिस्तानमा २४ घण्टा यता २० जनाको संक्रमणबाट ज्यान गएको छ भने १ हजार भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । जुन संख्या पाकिस्तानमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।

हालसम्म पाकिस्तानमा कोरोनाबाट २० हजार ८३ संक्रमित पुगेका छन् भने ४ सय ५७ जनाको मृत्यु भएको छ । ५ हजार जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्