Logo

पाकिस्तानका निर्वासित पत्रकार साजिदको लास स्वीडेनको नदीमा



Spread the love


एजेन्सी । गएको दुई महिनादेखि लापत्ता भएका पाकिस्तानका निर्वासित पत्रकार साजिद हुसैनको लास स्वीडेनको एक नदीमा भेटिएको छ । पाकिस्तानमा भइरहेको मानवअधिकारको उल्लङ्घन र सरकारको विरुद्ध आवाज उठाइरहेका साजिदलाई स्वीडेनले शरण दिएको थियो ।

स्वीडेनको फाइरिस नदीमा साजिदको लाश भेटिएको थियो । उनी मार्च दुईदेखि लापत्ता भएका थिए । उनले पाकिस्तानी सरकारको लगातार विरोध गरिरहन्थे । ड्रग्स र माफियाको बारेमा लेखेपछि सन् २०१२ मा उनले पाकिस्तान छाडेका थिए । त्यसपछि उनी वमन, यूएई, युगाण्डाजस्ता देश हुँदै स्वीडेनमा सन् २०१७ देखि बस्न थालेका थिए ।

स्वीडेन आएको दुई वर्षपछि उनलाई राजनीतिक शरण मिलेको थियो । यस क्रममा उनले आफ्नो वेवसाइटमा पाकिस्तानको बालाेचिस्तानमा भएको मानवअधिकारको उल्लंघनबारेमा लेखिरहे । साजिदलाई अन्तिमपल्ट स्टकहोमदेखि उपासला जाने ट्रेनमा देखिएको थियो । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्