Logo

भारतमा काेराेनाकाे प्रभाव बढ्दै



Spread the love


एजेन्सी । छिमेकी मूलुक भारतमा कोरोनाबाट संक्रमित र मृत्यु हुनेहरुको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । गएको २४ घण्टामा भारतमा कोरोनाबाट २, ६४४ जना संक्रमित भएका छन् भने ८३ जनाको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट ३९ हजार ९८० संक्रमित भएका छन् भने १, ३०१ जनाले ज्यान गुमाइसकेका छन् । यसै गरी निको भइ घर फर्किनेहरुको सङ्ख्या १० हजार ६३३ रहेको छ । भारतमा १० लाखले कोरोना परीक्षण गरिसकेका छन् ।

कोरोनाबाट महाराष्ट्र, गुजरात, दिल्ली, मध्य प्रदेश, राजस्थानजस्ता प्रदेश बढी प्रभावित भएको छ । महाराष्ट्र, मध्यप्रदेश, गुजरात, दिल्ली, राजस्थानमा कोरोनाबाट मृत्यु हुनेहरुको सङ्ख्या धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्