२० वैशाख, काठमाडाैँ – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
अहिले चलिरहेको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत उपस्थित छन् भने २ जना नै एउटै लहरमा रहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ ।
यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो भने अहिलेको बैठकमा ओली र प्रचण्ड सँगै रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्