२० बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले पाकिस्तान पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको पाकिस्तान अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।
पाकिस्तानमा २४ घण्टा यता ५६ जनाको संक्रमणबाट ज्यान गएको छ । जुन संख्या पाकिस्तानमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।
हालसम्म पाकिस्तानमा कोरोनाबाट ४ सय ४३ जनाको मृत्यु भएको छ भने १८ हजार संक्रमित छन् । अहिलेसम्म १८ हजार १ सय १३ जना थपिएका छन् । ४ हजार ४ सय निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्