Logo

उत्तर कोरियाली प्रमुख नेता किम जोङ्ग उन सार्वजनिक



Spread the love

२० वैशाख, एजेन्सी । उत्तर कोरियाली प्रमुख नेता किम जोङ्ग उन सार्वजनिक भएका छन् ।

तस्बिर : उत्तर कोरियाली समाचार एजेन्सी केसीएनए

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले किम तीन हप्तापछि पहिलो पटक मे दिवसको अवसर पारेर शुक्रवार एक रासायनिक मलको कारखाना उद्घाटन गर्न सार्वजनिक भएको जनाएको छ । केसीएनएका अनुसार किम आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरूसँगै कार्यक्रममा सहभागी थिए ।

लामो समयसम्म किम सार्वजनिक नहुँदा गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरू सार्वजनिक भएका थिए । विश्वका विश्वासिला मिडिया डेली मेल लगायतले उनको मृत्यु भइसकेको भन्ने सम्मका समाचारहरू प्रकाशन गरेका थिए । उनीहरूको नेपालीमा अनुवाद गरेर नेपाली मिडियाले पनि सम्प्रेषण गरेका थिए ।

उनी १२ अप्रिल पछि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । १५ अप्रिलमा उत्तर कोरियामा सबैभन्दा ठुलो समारोह आयोजना गरेर देशका संस्थापक नेता किम इल सुङ्ग एवम् उनका हजुरबुवाको जन्मदिन मनाइन्छ । तर, उक्त समारोहमा उपस्थित नभएपछि किम जोङ्ग उनबारेमा व्यापक चासो बढेको थियो । उनी गम्भीर बिरामी देखि उनको मृत्यु भइसकेको भन्ने सम्मका समाचार सार्वजनिक भएका थिए ।

यसअघि सन् २०१४ मा पनि उनी ४० दिनसम्म कतै नदेखिँदा उनलाई सत्ताच्युत गरेको भन्नेसम्मका सामाचारहरु आएका थिए ।

प्रतिक्रिया दिनुहोस्