Logo

पहिलो पटक रोकियो वाइवाइ चाउचाउको उत्पादन



Spread the love

१९ वैशाख, काठमाडाैँ – वाइवाइ चाउचाउको उत्पादन रोकिएको छ । देशभर लकडाउनले गर्दा असहज परिस्थिति भएका कारण गत चैत ११ गतेबाट उत्पादन रोकिएको हो ।

चौधरी समूहका कम्युनिकेसन महाप्रबन्धक मधुसूदन पौडेलले बताए अनुसार चाउचाउको उत्पादन अन्य कुनै कारणले नभइ लकडाउनका कारणले रोकिएको हो ।

लोकप्रिय चाउचाउको उत्पादन रोकिएपछि बजारमा पसलले चाउचाउको मुल्य समेत बढाएका छन् ।

वाइवाइ चाउचाउ उत्पादन सुरू भएको ३६ वर्षको इतिहासमा उत्पादन रोकिएको यो नै पहिलोपटक भएको मधुसुदन पाैडेलले जानकारी दिए ।

अब केही समय मै उत्पादन पुनः सुरू हुने समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्