Logo

आज अन्तर्राष्ट्रिय मजदुर दिवस



Spread the love

काठमाडाैं । आज मे १ अर्थात् अन्तरराष्ट्रिय मजदुर दिवस । प्रत्येक वर्षको मे १ मा अन्तरराष्ट्रिय मजदु दिवस विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गरी मनाउँदै आइएको छ । तर, यो वर्ष भने नेपालमा कोरोनाको कारणले गर्दा कुनै पनि कार्यक्रमहरुको आयोजना गरिएको छैन ।

सन् १८९० को मे १ का दिन सर्वप्रथम अन्तरराष्ट्रिय मजदुर दिवस मनाइएको थियो । नेपालमा भने वि.सं २००७ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मजदुर आन्दोलनसहित अन्तरराष्ट्रिय मजदुर दिवस मनाउन थालिएको हो ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन नारासहित मजदुर आन्दोलनको सम्झनामा अन्तरराष्ट्रिय मजदुर दिवस मनाउन थालिएको हो । उक्त आन्दोलन सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको थियो ।

सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले अन्तरराष्ट्रिय मजदुर दिवस मनाउने निर्णय गरेको थियो ।
विश्वका विभिन्न ठाउँमा रहेका मजदुरहरुले यो दिवसमा आफ्ना हक हिक र अधिकारका लागि सरकार र सम्बन्धित निकायलाई दबाब दिंदै मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्