Logo

अनलाइन कक्षाहरू बन्द गर्न महानगरको निर्देशन



Spread the love

१८ वैशाख, पोखरा – पोखरा महानगरपालिकाले अनलाइन कक्षा स्थगित गर्न निर्देशन दिएको छ । बिहीबार सुचना जारि गर्दै महानगरमा विद्यालयहरूद्वारा सञ्चालित अनलाइन कक्षाहरू बन्द गर्न निर्देशन दिएको हो ।

महानगरले सम्पूर्ण विद्यार्थीहरूमा इन्टरनेट लगायत आवश्यक पूर्वाधारको पहुँच नभएको र कतिपय विद्यालयहरू स्वयममा नै अनलइन कक्षा सञ्चालन गर्न सक्ने नभएका भन्दै यस्तो निर्देशन दिएको जानकारी दिएको छ ।

आवश्यक पूर्वाधार बिना अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृतिहरू सिर्जना हुनसक्ने पनि महानगरले बताएको छ ।

त्यसैगरी महानगरले सञ्चालनमा रहेका अनलाइन कक्षाहरू बन्द गर्न र महानगरको स्वीकृति बिना अन्य कक्षाहरू सञ्चालन नगर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्