Logo

ऋषि कपुरका उत्कृष्ट अभिनय भएका १० चलचित्रहरु



Spread the love

एजेन्सी । बलिउडका महान हस्ती ऋषि कपुरको ६७ सालको उमेरमा निधन भएको छ । बलिउड इर्फान खानको पीडाबाट मुक्ती नपाउँदै पुन पीडामा पौडिरहेको छ । ऋषि कपुर लगभग ५ दशक फिल्म उद्योगमा सक्रिय भएका थिए र आफ्नो अभिनयबाट सबैको दिल जितिरहेका थिए । आफ्नो करिअरको क्रममा उनले अनेकन क्यारेक्टरहरु प्रदर्शन गरे ।


आउनुहोस् जानौँ उनका उत्कृष्ट अभिनय भएका चलचित्रहरु के के थिए त ?

१. मेरा नाम जोकर– प्रस्तुत चलचित्रमा ऋषि कपुरले बाल कलाकारको रुपमा अभिनय गरेका थिए । चलचित्रमा सानो भूमिका भएपनि उनको अभिनय गजबको थियो । सोही चलचित्रबाटै उनले नेसनल फिल्म अवार्डमा उत्कृष्ट बाल कलाकारको रुपमा अवार्ड जितेका थिए ।

२. बबी– ऋषिले मेरा नाम जोकरबाट बलिउडमा डेब्यू गरेपनि मूख्य भूमिकामा भने बबीबाटै देखिएका थिए । प्रस्तुत चलचित्र सन् १९७३ मा रिलिज भएको थियो । बबीबाट उनले आफ्नो करिअरको रथलाई अझ सशत्त रुपमा अगाडि बढाए ।

३. अमर अकबर एन्थोनी– अमर अकबर एन्थोनी सन् १९७७ मा रिलिज भएको थियो । प्रस्तुत चलचित्रमा ऋषिको साथमा अमिताभ बच्चन र विनोद खन्नाको पनि मूख्य भूमिका रहेको थियो । चलचित्रलाई दर्शकहरुले खुब मन पराएका थिए । चलचित्रमा ऋषिले अकबरको भूमिकामा देखिएका थिए ।

४. कर्ज– कर्ज म्युजिकल जनराको चलचित्र भएपनि अलिक फरक धारको छ । चलचित्रमा संगीतको साथमा भरपुर मात्रामा ड्रामा पनि थियो । प्रस्तुत चलचित्र सन् १९८० मा रिलिज भएको थियो ।

५. चाँदनी– फरक ढंगको कथा भएको चलचित्र चाँदनीलाई यश चोपडाले निर्देशन गरेका थिए । चलचित्रमा ऋषि कपुर र श्रीदेवीको केमेस्ट्री निकै गजबको थियो ।

६. दो दुनी चार– प्रस्तुत चलचित्रमा ऋषि कपुर र उनकी श्रीमती नीतु कपुरको अभिनय रहेको छ । मूख्य कलाकारले रोमान्सबाहेक अन्य मुद्धाहरु पनि देखाउन सकिन्छ भन्ने कुरालाई उनले प्रमाणित गरेका छन् ।

७. अग्निपथ– ऋतिक रोशनवाला अग्निपथमा ऋषि कपुरको छुट्टै अवतार देख्न पाइएको थियो । अग्निपथमा उनले नेगेटिभ रोलमा देखिएका थिए । प्रस्तुत चलचित्र उनको करिअरको टर्निङ्ग पोइन्ट सावित भएको थियो ।

८. १०२ नट आउट– प्रस्तुत चलचित्र मार्फत् ऋषि कपुर र अमिताभ बच्चन पुन एकपटक सँगै स्क्रिनमा देखिएका थिए । चलचित्रमा ऋषि कपुर छोरा र अमिताभ बुवाको भूमिकामा देखिएका छन् । चलचित्रमा ऋषिको अभिनय उत्कृष्ट रहेको थियो ।

९.मुल्क– मुल्क उनको करिअरको आखिरी चलचित्रहरुमध्येको एक हो । यस चलचित्रमा उनी एक मुस्लिम वकिलको भूमिकामा देखिएका छन् । चलचित्रमा उनको भूमिकाले सबैलाई प्रभावित बनाएको थियो । उनको साथमा तापसी पन्नु र रजित कपुर पनि थिए ।

१०. कपुर एण्ड सन्स– प्रस्तुत चलचित्रमा उनी हजुरबुवाको भूमिकामा देखिएका छन् । सोही चलचित्रबाट उनले जस्तोसुकै उमेरको पनि अभिनय गर्न सक्ने क्षमता देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्