Logo

अनलाइन कक्षाका लागि विद्यार्थीलाई डाटा उपलब्ध गराउँदै नेपाल टेलिकम



Spread the love

काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरुलाई निशुल्क तथा कम शुल्कमा डाटा वितरण गर्न तयारी गरिरहेको छ । लकडाउनको मिति बढाइएको र लकडाउन कहिले खुल्ने विषयमा टुङ्गो नभएपछि टीयू, एलबीयू र अन्य विश्वविद्यालय र विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त पहलमा नेपाल टेलिकमले यस्तो खालको तयारी गरेको हो ।

कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले बैशाख १५ पछि थप १० दिनको लागि लकडाउन बढाएको छ । लकडाउनले गर्दा शैक्षिक क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । कक्षा १०, ११ र १२ को परीक्षाको कुनै टुङ्गो लागेको छैन भने नयाँ शैक्षिक सत्रको अवस्था पनि अन्योल रहेको छ ।

यस्तो खालको अवस्थामा अनलाइनको माध्यमबाट शिक्षा दिनको लागि नेपाल टेलिकमले निशुल्क तथा सशुल्क रुपमा डाटा वितरण गर्न लागेको हो ।

टाढाका विद्यार्थीहरुका लागि वाइफाइ सम्भव नभएकाले र मोबाइल डाटा महंगो पर्ने भएकाले विद्यार्थीलाई छुट दिनको लागि हामीले माग गरेको अनेरास्वीयूका अध्यक्ष एन महरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्