Logo

क्यान्सरसँग हारे बलिउडका हस्ती ऋषि कपुर



Spread the love

एजेन्सी । बलिउडले २४ घण्टामा दुई महान हस्ती गुमाएको छ । इर्फान खानको निधन भएको पछिल्लो दिनमात्रै अर्का एक हस्तीको निधन हुनु बलिउडको लागि ठुलो क्षति हुन पुगेको छ । ती महान हस्ती हुन् ऋषि कपुर ।

क्यान्सरका बिरामी कपुरलाई सास फेर्न गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा गडबढी भएपछि उनलाई गएको हप्ता अस्पतालमा भर्ना गरिएको थियो ।

ऋषि कपुरलाई दुई वर्ष पहिला क्यान्सर लागेको अवगत भएको थियो । त्यसपछि उनी उपचार गर्नको लागि न्यूयोर्क गए । उनको उपचार चलुन्जेल उनकी पत्नी नीतु कपुर उनको साथैमा थिइन् । लामो समयसम्म उनका परिवारका कुनै पनि सदस्यहरुले खासमा के भएको थियो भनी जानकारी दिएका थिएनन् । न्यूयोर्कमा उपचार गर्ने क्रममा नीतु कपुरले सामाजिक सञ्जालमा ऋषि कपुरको तस्वीर राखी जानकारी गराइरहन्थिन् । रणवीर कपुर पनि बेला बेलामा बुवाको हाल सोध्नलाई अमेरिका पुगिरहन्थे ।

रणवीर कपुरले बुवालाई क्यान्सर भएको थाहा पाएपछि रोएका थिए । सुरुमा रणवीर कपुरले बुवालाई क्यान्सर भएको कुरा पत्याउनै सकेनन् । तर पछि उनी यस परिस्थितिसँग लड्नको लागि आफूलाई तयार पारे ।

बलिउडका विभिन्न कलाकारहरु ऋषिको हालखबर बुझ्न न्यूयोर्क गइरहन्थे । लगभग एक वर्षपछि उनीहरु भारत फर्केका थिए ।

सन् २०२० को फेब्रुअरीमा ऋषिको स्वास्थ्यमा समस्या देखियो । उनलाई अस्पतालमा भर्ना गर्नु पर्यो । त्यतिबेला उनलाई दिल्लीको अस्पतालमा भर्ना गरिएको थियो । दिल्लीबाट निको भइ मुम्बइ आएपछि फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा राखिएको थियो । तर केही दिनको उपचारपछि उनी घर फर्किएका थिए ।

गएको हप्तामा ऋषि कपुर अस्पतालमा भर्ना भएका थिए । सास फेर्न गाह्रो भएपछि उनी अस्पतालमा भर्ना भएका थिए । विगत दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका ऋषि अन्त्यमा यस दुनियाँलाई छाडेर गए ।

ऋषि कपुरले सन् १९७३ मा रिलिज भएको बबी चलचित्रबाट मूख्य भूमिकामा बलिउडको यात्रा सुरु गरेका थिए । तर यस अघि मेरा नाम जोकरमा उनले बाल कलाकारको रुपमा अभिनय गरिसकेका थिए । त्यो पनि आफ्नै पिता राज कपुरसँग । नेसनल फिल्म अवार्डमा उत्कृष्ट बाल कलाकारको रुपमा उनले मेरा नाम जोकरबाट अवार्ड जितेका थिए । उनले चलचित्रको करिअरमा ९२ वटा चलचित्रमा मूख्य भूमिकामा देखिएका छन् भने ३६ वटा हिट चलचित्रले बक्स अफिस तताएको थियो ।

प्रतिक्रिया दिनुहोस्