Logo

इर्फान खान र उनका उत्कृष्ट १० मुभी डाइलगहरु



Spread the love

एजेन्सी । भारतीय फिल्म उद्दोगका निसन्देह उत्कृष्ट कलाकार इर्फान खानको बुधबार ५४ वर्षको उमेरमा निधन भएको छ । विगत दुई वर्षदेखि इण्डोक्राइन ट्युमरबाट जुधिरहेका इर्फानले मुम्बइको एक अस्पातलमा अन्तिम सास फेरेका हुन् । सारा बलिउड उनको निधनले स्तब्ध भएको छ । सिनेमा जगतमा उनले छुट्टै क्यारेक्टरको निर्माण गरे । उनको अभिनय जीवन्त थियो र सधैं जीवन्त रहनेछ । उनले हर अभिनय पूर्णताका साथ गरे, डाइलगहरु जीवन्त शैलीमा व्यक्त गरे ।

इर्फान खानले चन्द्रकान्ता, चाणक्य र भारत एक खोजजस्ता हिन्दी टेलिभिजन सोबाट आफ्नो करिअरको सुरुवात गरेका थिए । सन् १९८८ को सलाम बम्बईबाट बलिउडमा डेब्यू गरेका इर्फानले मकबुल, तल्वार, पिकु, लाइफ इन अ मेट्रो जस्ता सुपरहिट चलचित्रका काम गरेका थिए ।
उनले हामीलाई हसाए, रुवाए र आफ्नो अभिनयमार्फत् हाम्रो जीवनको क्यारेक्टरलाई सिनेमामा जीवन्तरुपमा प्रस्तुत गरे । उनले जस्तोसुकै अभिनयलाई पनि जीवन्त रुपमा प्रस्तुत गर्न सक्थे ।


इर्फानका प्रख्यात दश मुभी डाइलगहरु:

१. खुनका रिश्ता खुन बहाके हि खत्म किया जा सकता हैफुटपाथ

२. पिस्तोल की ठण्डी नाली जब कनपट्टी पे लगती है ना, तब जिन्दगी और मौत का फर्क समज मे आता हैद किलर

३. चोट खाया हुवा दोस्त दुश्मन से ज्यादा खतरनाक होता है गुण्डे

४. शैतान की सबसे बडी चाल ये है की वो कभी सामने नहीं आताचकलेट

५. ये शहर हमे जित्ना देता है, बदले मे कही ज्यादा हम से लेता हैलाइफ इन अ मेट्रो

६. शराफत की दुनियाँ का किस्सा ही खतम । अब जैसी दुनियाँ वैसी हमजज्बा

७. असली खुबसुरती तारिफ की मोहताज नही होती…. उसके लिये तो बस आँखो की वाह वाह ही  काफी हैकार्वान

८.तेरी अम्मा ने जिस्के बारे मे नही बताया मे तेरा वो बाप हुँजज्बा

९. यहाँ सब्का एक ही तकिया कलाम हैहजार के नोट पे बापु को सलाम हैजज्बा

१०. बेहड मे बाघी होती है । डकैत मिल्ते है पार्लियामेन्ट मेपानसिंह तोमर

 

प्रतिक्रिया दिनुहोस्