Logo

रेडियो नेपालमा नियुक्ति गराईदिन सञ्चारमन्त्रीलाई नेकपा सांसद्को पत्र (पत्रसहित)



Spread the love
भीम उपाध्यायको फेसबुकबाट

१८ वैशाख, काठमाडाैँ – रेडियो नेपाल प्रसारण केन्द्र दिपायलमा जागिरका लागि आफ्ना निकटका मान्छेलाई नियुक्ति दिनका लागि सासद्ले मन्त्रालयमा पठाएको पत्र बाहिरिएको छ । केही दिन अघि २५ हजार धराैटिमा रिहा भएका पूर्व सचिव भीम उपाध्यायको फेसबुकबाट सो पत्र बाहिर आएको हो ।

डोटी जिल्ला क्षेत्र नम्बर १ का नेकपाका सांसद् प्रेम बहादुर आलेले लेटरप्याडमै पठाएको पत्र बाहिरिएको हो । यो पत्र २०७६ साल साउन २८ गतेको रहेको छ ।

भीम उपाध्यायको फेसबुकबाट

सो पत्र अनुसार नवराज जोशी नाम गरेका व्यक्तिलाई कार्यक्रम प्रस्तोता , लोकेन्द्र बहादुर अधिकारीलाई कार्यक्रम प्रस्तोता र दीर्घ बहादुर खत्रीलाई समाचार वाचकको पदमा नियुक्ति गरिदिन सांसद् आलेले मन्त्रालयलार्इ पत्र पठाएका छन् ।

त्यसैगरी भ्वाइस टेस्ट भएका मध्येमा हटाउन पनि सांसद् आलेले नै सिफारिस गरेका गरेका छन् । भ्वाइस टेस्टमा समाचार वाचक प्रकाश बम, कार्यक्रम प्रस्तोता चकुँ कुँवर, स्ट्रेन्जर अरून बम र सुनिता रावललाई हटाउनु पर्ने भन्दै सांसद् आलेले हस्ताक्षर सहित सिफारिस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्