Logo

घरधुरीभन्दा बढीलाई बाँड्दा पनि पुगेन राहत



Spread the love

१७ बैशाख, दुल्लु – घरधुरी सङ्ख्याभन्दा १०० बढी घरपरिवारलाई राहत वितरण गरिसक्दा पनि अझै राहत लिने बाँकी देखिएका छन् । महावु गाउँपालिका–१ मा जम्मा घरधुरी सङ्ख्या ६९२ रहेका छन् । वडाले कर्मचारी र पेन्सन भएका ११९ घरधुरीलाई राहत नदिने निर्णय गरी तीबाहेक ७१५ घरधुरीलाई राहत वितरण गरिसक्दा पनि अझै छुटेको निवेदन दर्ता भएपछि पुनः राहत वितरण गर्ने तयारी भएको छ ।

घरधुरी सङ्ख्याभन्दा बढी राहत वितरण गरिसक्दा छुटेको निवेदन आएकाले फेरि वितरण गर्ने तयारी गरेको वडाध्यक्ष हरिप्रसाद उपाध्यायले बताए । वडाले कुनै मापदण्ड नबनाई समानरूपमा राहत वितरण गर्दा खास परिवारलाई मर्का परेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्