Logo

आईसीयूमा इरफान खान



Spread the love

१७ वैशाख, एजेन्सी – बलिउड अभिनेता इरफान खान अस्पतालको आईसीयूमा भर्ना भएका छन् । इरफानको स्वास्थ्य स्थिति बिग्रिएपछि मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको हो ।

इरफानका प्रवक्ताले भने, ” यो सत्य हो कि इरफान खान क्लोन इन्फेक्शनको कारण मुम्बईको कोकिलाबेनमा आईसीयूमा भर्ना भएका छन् । हामी सबैलाई अपडेट गराइ राख्नेछाैँ ।”

इरफानका प्रवक्ताले उनी चिकित्सकको निगरानीमा रहेको पनि उल्लेख गरेका छन् ।

५३ वर्षिय खानको स्वास्थ्यमा अचानक गडबढी आएकपछि उनलाई मेडिकल सहायताको आवश्यकता परेको बताइएको छ ।

उनकी श्रीमती सुतापा सिकदार तथा छोरा बबिल र अयान खान इरफानको साथमा रहेको बताइएको छ । इरफान खानको स्वास्थ्य अवस्थाको थप विवरण भने आउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्