Logo

आयुष्मान र कार्तिकले हंगामा-२ मा अभिनय गर्न अस्वीकार गरे- प्रियदर्शन



Spread the love

१६ वैशाख, एजेन्सी । नेसनल फिल्म अवार्ड विजेता प्रियदर्शनले आयुष्मान खुराना र कार्तिक आर्यनले हंगामा-२ मा अभिनय गर्नलाई अस्वीकार गरेको बताएका छन् ।

प्रियदर्शन सन् २००३ मा रिलिज भएको हंगामा चकचित्रको सिक्वेलमा काम गरिरहेका छन् । सिक्वेलको लागि प्रियदर्शनले आयुष्मान र कार्तिकलाई सम्पर्क गरेका थिए तर दुबैले कुनै रुचि देखाएनन् । त्यसपछि प्रियदर्शनले मिजान जाफ्रीलाई चलचित्रको लागि लिएका छन् ।

मिडिय‍ासँग कुरा गर्दै प्रियदर्शनले भनेँ, ” म उनीहरुलाई भेट्न गएको थिईंन तर मेरो चलचित्रको स्क्रिप्ट आयुष्मान, कार्तिक र सिद्धार्थजस्ता स्टारलाई सुनाएको थिएँ । सबैले चलचित्रमा काम गर्नलाई अस्वीकार गरे । अब म मिजानको साथमा काम गरिरहेको छु । यी सबलाई लाग्छ कि म पुरानो जमानाको निर्देशक हुँ ।”

हंगामा- २ मा मिजानको साथमा परेश रावल, शिल्पा शेट्टी, सुभाष लगायतका कलाकारहरुको अभिनय रहनेछ । यस चलचित्रको छायांकन लगभग सकिसकेको छ । बाँकी छायांकन लकडाउनपछि हुनेछ ।

नेसनल फिल्म अवार्ड विजेता प्रियदर्शनले साउथ इन्डियनका साथै हिन्दीमा राम्रा राम्रा चलचित्रको निर्देशन गरेका छन् । विरासतदेखि गम्भीर चलचित्रदेखि हलचल, हंगामा, चुप चुप के, गरम मसला, हेर फेरिजस्ता उत्कृष्ट कमेडी चलचित्र बनाएका छन् । उनले आफ्नो तीस सालको करिअरमा उनले हिन्दीको साथमा तमिल, मलयालम र तेलेगुमा ९५ भन्दा बढी चलचित्रमा निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्