१४ वैशाख, काठमाडौं । सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर ल्याएको भन्दै समाजवादी नेपालका नेताहरूले प्रहरीमा जाहेरी दिन काठमाडौं प्रहरी परिसर टेकुमा पुगेका छन् । तर, महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध उजुरी लिन आनाकानी गरेको छ।
जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् । परिसरको मुद्दा शाखाका प्रमुख डिएसपी कृष्ण चन्दले सांसद यादवको घटना महोत्तरीमा भएको भन्दै उतै जाहेरी दिन भनिरहेका छन्।
जसपाका नेताहरूले भने खनालसहित तीन जना व्यक्ति काठमाडौंबाट गएको र यादव पनि अहिले काठमाडौंमै रहेकोले यही जाहेरी लिनुपर्ने अडान राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्