Logo

शाहरुख खान र सनी देवलबीच १६ सालसम्म किन भएन बोलचाल ?



Spread the love

एजेन्सी । शाहरुख खान र सनी देवलबिच १६ वर्षसम्म बोलचाल भएको थिएन । अहिले पनि यी दुबैबिच खासै जमेको देखिँदैन । यो कथा सन् १९९३ देखि सुरु भएको हो । सनी देवलको रिस यति थियो कि उनले आफ्नो पेन्ट च्यातेका थिए । यी दुईको बिचमा सन् १९९३ मा के भएको थियो ? आउनुहोस् जानौँ ।

सन् १९९३ मा यश चोपडा सनि देवल र शाहरुख खानलाई लिएर चलचित्र बनाउँदै थिए । प्रस्तुत चलचित्रको नाम डर थियो । चलचित्रमा शाहरुख खान खलनायकको भूमिकामा थिए भने सनी देवल कमाण्डोको भूमिकामा ।

सनी देवलको तर्क

एक अन्तर्वार्ताको क्रममा सनी देवलले खुलासा गर्दै भने ” फिल्मको क्लाइमेक्समा जसरी खलनायकलाई नायकभन्दा बढी देखाउन खोजिएको थियो, त्यहीँ कुरामा मलाइ चित्त बुझेको थिएन । यस विषयमा मेरो र यशको बहस पनि भयो । मैले यशलाई म चलचित्रको कमान्डर हुँ र मलाइ खलनायकले अगाडिबाट कसरी मार्न सक्छ ? आखिर म कमाण्डो हुँ । अगाडिबाटै मार्ने भए कमाण्डो भएको के काम ? “

यश चोपडाले कुरा मानेनन् अनि सनीलाई रिस उठ्यो

“यशले मेरो कुरालाई नमानेपछि मलाइ रिस उठ्यो अनि मैले आफ्नै हातले आफ्नो लगाएको प्यान्ट कतिखेर च्यातेँ थाहै भएन ।” सनीले थपे ।

भन्ने गरिन्छ कि यो चलचित्र रिलिज भएको १६ वर्षसम्म शाहरुख खान र सनी देवलसँग कुराकानी भएन । तर यस कुरालाई सनी देवलले दुस्मनीको रूपमा भने लिएका छैनन् । सनीले यो घटना जानेर नभएको र आफू सामाजिक रूपमा मानिसलाई कम भेट्ने भएकाले कुरा गर्ने मौका नभएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्