Logo

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री काममा फर्कँदै



Spread the love

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसोन उपचारपछि निको भइसकेका छन् । उनी सोमबारबाट काममा फर्किंदै छन् । कोरोना भाइसरबाट संक्रमित भएपछि उनी दुई सातासम्म सेन्ट थोमस अस्पतालमा बसेका थिए ।

फाइल तस्बिर

बोरिस जोनसोन कोरोना भाइरसबाट मुक्त भएपछि पूर्ण रुपमा काममा फर्किन तयार रहेको बताइएको छ । यो मानिएको छ कि सोमबार उनी १० डाउनिङ्ग स्ट्रीट फर्किने छन् । मन्त्रीमण्डल र सरकारको सुत्रले पनि उनी सोमबार काममा फर्किने बताएको छ ।
स्वास्थ्यमन्त्रीले पनि बोरिसको उनको शरीरमा उल्लेखनीय सुधार भएको छ र उनी सोमबार काममा फर्किने बताएका छन् ।

बोरिस जोनसोन मार्च महिनामा कोरोनाबाट संक्रमित भएका थिए र अप्रिलबाट अस्पतालमा उपचारर्थ थिए । बोरिस जोनसोन बिरामी भएपछि उनको जिम्मेवारी विदेशीमन्त्रीले सम्हालिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्