Logo

कोरोना विरुद्धको लडाइँमा विद्या बालनद्वारा १ हजार पीपीई वितरण गर्ने घोषणा



Spread the love

एजेन्सी । बलिउडकी अभिनेत्री विद्या बालनले कोरोना विरुद्धको लडाइँमा डाक्टर तथा मेडिकल टिमको लागि १ हजार पीपीई वितरण गर्ने घोषणा गरेकी छिन् ।

फाइल तस्बिर

विद्याले इन्स्टाग्राम अकाउन्टमा भिडियो सेयर गर्दै मनिष मुद्रा र अतुल कस्बेकरसँग मिली १ हजार पीपीई प्रदान गर्न लागेको बताएकी छिन् ।

विद्याले भिडियोको क्याप्सनमा लेखेकी छिन्, “नमस्ते ! यो निकै महत्वपूर्ण छ कि हामीले कोरोना विरुद्ध लडिरहेका डाक्टर तथा मेडिकल टिमको लागि पीपीई उपलब्ध गराउनु पर्दछ । मैले मेडिकल स्टाफको लागि १ हजार पीपीई सहयोग गर्दैछु र अन्य पीपीईको लागि फण्ड जुटाउनको लागि ट्रिङ्गको साथमा साझेदारी गरेकी छु । देशभरका हाम्रा डाक्टर र चिकित्सा कर्मचारीको लागि हजार पीपीईको तत्काल आवश्यक रहेको छ ।”

बलिउडका कलाकारहरुले कोरोना विरुद्धको लडाइँमा सक्दो सहयोग गरिरहेका छन् । सलमान खान, अक्षय कुमार, शाहरुख खान लगायतका विभिन्न कलाकारहरुले सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्