Logo

धड्कन-२ मा मेरो र अक्षय कुमारको छोरो अभिनय गरेको हेर्न चाहन्छु- सुनिल शेट्टी



Spread the love

१३ वैशाख, एजेन्सी । बलिउडका स्टार अन्ना तथा सुनिल सेट्टीले धड्कन-२ मा आफ्नो र अक्षय कुमारको छोरो मुख्य भूमिकामा हेर्न खोजेको बताएका छन् ।

धर्मेश दर्शनद्वारा निर्देशित चलचित्र धड्कन सन् २००० मा रिलिज भएको थियो । चलचित्रमा सुनिल शेट्टी, अक्षय कुमार र सिल्पा शेट्टीको अभिनय रहेको थियो । चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । यति मात्र नभइ समीक्षकहरुको नजरमा पनि राम्रो भएको थियो ।

चलचित्र रिलिज भएको झन्डै २० वर्ष पुग्नै लाग्दा सुनिल शेट्टीले चलचित्रको सिक्वेल बने आफू खुशी हुने जनाएका छन् ।

एनबीटी डट कमसँग अन्तर्वार्ताको क्रममा सुनिल शेट्टीले भने, ” म र अक्षय कुमार दुबैको उमेर ढल्किसकेको छ र कोही पनि हामीजस्ता पुराना मानिसले स्क्रिनमा रोमान्स गरेको हेर्न चाहंदैनन् । यदि हाम्रा बच्चाहरु (आरभ कुमार र अहान शेट्टी) लाई लिएर सिक्वेल बनाइयो भने उत्कृष्ट हुनेछ ।”

सुनिल शेट्टीले उक्त आइडियालाई लिएर अक्षय कुमारसँग कुरा गरेको पनि खुलासा गरेका छन् ।

धड्कनको सिक्वेल बन्ने चर्चा निकै अघिबाट थियो । निर्माता रतन जैनले सबै तयार भएको तर कलाकारको छनोट नभएको बताएका थिए । योजना अनुसार काम भयो भने सन् २०२‍१ को अप्रिलबाट चलचित्रको छायांकन हुने जैनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्