Logo

अमेरिका विश्व स्वास्थ्य संगठनमा फर्केर जान मुस्किल: विदेशमन्त्री पोम्पियो



Spread the love

एजेन्सी । अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले अमेरिका विश्व स्वास्थ्य संगठनमा फर्केर जान मुस्किल भएको बताएका छन् । उनले अमेरिकाले छुट्टै सङ्गठन बनाउन पनि सक्ने कुरामा सङ्केत गरेका छन् ।

फाइल तस्बिर : विदेशमन्त्री माइक पोम्पियो

कोरोना भाइरसको महामारीलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई चीनको साथमा मिली तथ्यांकहरु लुकाएको आरोप लगाएको थियो । आरोप लगाउनुको साथै अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई दिने अनुदानमा पनि कटौती गरिने बताएको थियो ।

फक्स न्युजको अन्तर्वार्तामा बोल्दै पोम्पियोले भने, “अबको समय विश्व स्वास्थ्य सङ्गठनको नेतृत्व फेरबदल गर्ने होइन । अब त सङ्गठन नै बदल्नु पर्दछ । अमेरिका अब यस सङ्गठनमा फर्केर जाँदैन । यदि सङ्गठनले राम्रोसँग काम गर्थ्यो भने हामी उसकै साथमा हुने बारेमा सोच्थ्यौँ होला तर अब हामी नयाँ सङ्गठन खोल्नेछौँ जसले सही नेतृत्व प्रदान गर्नेछ ।”

अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई प्रत्येक वर्ष ૪० देखि ५० करोड डलर सहयोग गर्दै आई रहेको थियो ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । जोन्स होपकिङ्ग युनिभर्सिटीका अनुसार अमेरिकामा संक्रमितको सङ्ख्या ८ लाख ६९ हजार १७२ पुगेको छ भने ૪९ हजार ९५૪ जनाको मृत्यु भइसकेको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्