Logo

प्यारासाइट हेर्दा हेर्दै निद्रा लाग्यो- राजामौली



Spread the love

११ बैशाख, एजेन्सी । बाहुबली चलचित्रका निर्देशक एस एस राजामौलीले प्यारासाइट चलचित्र हेर्दा हेर्दै निद्रा लागेको बताएका छन् ।

राजामौलीले अन्तर्वार्ताको क्रममा चलचित्र सारै बोरिङ्ग भएको र हेर्दा हेर्दै आफू सुतेको जनाएका छन् । राजामौलीको यस कुरालाई लिएर धेरैले उनको आलोचना गरेका छन् । कसैले त उनको कमेन्टलाई ट्रोल पनि बनाई सकेका छन् ।

प्यारासाइट कोरियन चलचित्र हो । चलचित्रलाई बोन जुन होले निर्देशन गरेका हुन् । चलचित्रमा गरिब र धनी परिवारको कथालाई उनले समेटेका छन् । प्रस्तुत चलचित्रको तारिफ सारा संसारले गरेको थियो । चलचित्रले बेस्ट डाइरेक्टरसहित चारवटा ओस्कार अवार्ड जितेको थियो ।

राजामौली अहिले आरआरआर चलचित्रको प्रोजेक्टमा व्यस्त छन् । प्रस्तुत चलचित्रमा राम चरण र जुनियर एनटीआरको प्रमुख भूमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्