Logo

आज कोरोना भाइरसको भ्याक्सिन परीक्षण हुँदैः जान्नै पर्ने ७ कुरा



Spread the love

एजेन्सी – विश्वलाई तरंगित बनाइरहेको कोरोना भाइरस विरूद्धको भ्याक्सिन आज मानसिमा परीक्षण गरिँदैछ । लण्डनको अक्सफोर्ड युनिभर्सिटिले विकास गरेको यो भ्याक्सिन परीक्षणका लागि अनुमति पाएसँगै आज (बिहीबार)बाट मानवमा परीक्षण हुने भएको हो ।

अनुमति पाएको भ्याक्सिन कोरोना विरूद्ध लड्नका लागि शक्तिशाली अस्त्र हुने यसका संलग्न वैज्ञानिकहरूले विश्वास लिएका छन् । यसको पहिलो कदम आजबाट सुरू हुँदैछ ।

कोरोनाले विश्वलाई तरंगित बनाइरहेका बेला यस विरूद्धको औषधि र उपचारपद्धतिका बारेका विश्व नै अन्योलमा परेको छ ।

मानवमा परीक्षण हुने यस भ्याक्सिनका बारेमा जान्नुपर्ने कुरा यस्ता छन्:-

१. कोरोना भाइरस विरूद्धको कुनै विशिष्टिकृत उपचार पद्धति नभएका बेला यो भ्याक्सिनले कोरोनासँग लड्न मद्धत गर्ने वैज्ञानिकहरूले विश्वास लिएका छन् ।

२. यो भ्याक्सिन बनाउने समुहले थप २० मिलियन युरो बेलायत सरकारबाट प्राप्त गर्नेछ। यो सहयोगले भ्याक्सिनको बारेमा थप परीक्षण गर्न सहयोग मिल्नेछ ।

३. यदि परीक्षण हुने भ्याक्सिनले सकारात्मक नतिजा देखाएका यही वर्षको सेप्टेम्बरसम्ममा १० लाख डोज भन्दा बढी उत्पादन गर्ने तयारी विकासकर्ताहरूको रहेको छ । यो परीक्षणको नतिजा मे महिनाको पहिलो साता आउने बताइएको छ ।

४. आज हुने पहिलो चरणको मानव परीक्षणमा युवा वर्गमा यो भ्याक्सिन प्रयोग गरिनेछ र यदि नतिजा सकारात्मक पाइएका विभिन्न उमेर समुहका मानिसलाई परीक्षणमा सामेल गराइनेछ ।

५. कोरोना भाइरससँग लड्ने पर्याप्त प्रतिरक्षात्मक शक्ति उत्पादन गर्ने भएकाले यो भ्याक्सिनले अनुमति पाएको र नतिजा सकारात्मक नै हुने धेरैको विश्वास छ ।

६. आज परीक्षण हुने भ्याक्सिनलाई “The ChAdOx vaccine” नाम दिइएको छ ।

७. अन्य रोगका भ्याक्सिनको तुलनामा कोरोनाको भ्याक्सिन धेरै छिटो विकास भएको हो ।

बेलायती अनलाइन माध्यम टेलिग्राफमा प्रकाशित सामग्रीको अनुवादित अंश

प्रतिक्रिया दिनुहोस्