Logo

रावणको मेकअप गर्न पाँच घण्टा लाग्थ्यो, १० किलोको हुन्थ्यो मुकुट



Spread the love

एजेन्सी । रामायणमा रावणको अभिनय गर्ने कलाकार अरविन्द त्रिवेदी फेरि एक पटक छाएका छन् ।

रामायण सिरियलमा त्यो विशाल व्यक्तित्व र त्यो कडा आवाजलाई कसले पो भुल्न सक्छ र ? सन् १९८७ मा भारतीय च्यानल दुरदर्शनमा रामायण सिरियल सुरु भएको थियो । पुन: लकडाउनमा रामायण सिरियल दुरदर्शनमा आउन थालेको छ । रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीले असी वर्ष पार गरिसकेका छन् ।

हालचाल बीबीसीले लिएको अन्तर्वार्ताको क्रममा उनके रामायण सिरियलसँग जोडिएका केही रोचक जानकारी दिएका छन् । अरविन्दका अनुसार रामानन्द सागरले उनको अभिनय यसभन्दा पहिले केही गुजराती फिल्ममा देखेका थिए । यस कारणले रामानन्दले रावणको भूमिकाको लागि उत्तिचाँडै स्वीकार गरे ।

बीबीसीको अन्तर्वार्ता अनुसार अरविन्दले ढाइ सालसम्म रामायणको छायांकन गरेका थिए । उनी मुम्बइबाट लोकल ट्रेनमा चढी उमरगाम जाने गर्थे । कति पटक त सिट नपाएर उनी उभिएरै उमरगाम पुगेका थिए ।

पछि बिस्तारै जब सीरियल लोकप्रिय हुन लागेपछि मानिसहरुले उनलाई चिन्न थाले । त्यसपछि उनलाई बस्नको लागि सिट मिल्दथ्यो । मानिसहरुले अब अगाडि के हुन्छ भनी सोध्दथे अनि उनी मुस्कुराउँदै सो हेर्दै गर्नुस् भन्दथे ।

रावणको मेकअपमा निकै समय लाग्दथ्यो । मेकअप गर्न पुरै पाँच घन्टा लाग्थ्यो । १० किलोकाे त उनको मुकुट थियो । बाँकी आभूषण पनि भारी नै थिए । उनी छायाङ्कन सुरु गर्नुभन्दा पहिला भगवान राम र शिवको पूजा गर्दथे ।

उनले छायांकनको बेलामा उनको मुखबाट भगवान राम र शिवको बारेमा बोल्दा नराम्रो कुरा निस्किंदा भगवानले माफ गरुन् भनी छायांकन हुनुभन्दा पहिला नै राम र शिवको पूजा गर्दथे ।

प्रतिक्रिया दिनुहोस्