Logo

कोरोना भाइरसबाट बेलायतमा अर्का नेपालीको पनि मृत्यु



Spread the love

एजेन्सी। बेलायतमा कोरोना संक्रमणका कारण थप एक जना नेपालीको ज्यान गएको छ । यो सँगै बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १८ पुगेको छ।

पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा मृत्यु भएको हो।

उनको रोयल बर्कशायर अस्पतालमा मृत्यु भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए। स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्