८ वैशाख, काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले २ वटा अध्यादेश जारी गरेकी छन् ।
सोमबार मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा कम्तिमा ४० प्रतिशत बहुमत भए पुग्ने व्यवस्थाको अध्यादेश जारी गरेको थियो भने संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि पारित गरेको थियो।
मन्त्रिपरिषद्ले पारित गरेको अध्यादेश राष्ट्रपति भण्डारीले केही घण्टामै जारी गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्