Logo

अलपत्र मजदुरलाई घर पठाउदै गुल्मीका स्थानीय तह



Spread the love

७ बैशाख, गुल्मी । गुल्मीका स्थानीय तहले पछिल्लो समय उदाहरणीय कार्य गरेका छन् । विभिन्न जिल्लाबाट गुल्मी जिल्ला हुँदै आफ्नो घर फर्कन लागेका मजदुरलाई खान बस्नको व्यवस्था गर्दै सवारी साधनको माध्यमबाट आफ्नो घर पठाउन थालेका छन् ।

राजमार्ग किनारमा २७० मजदुर अलपत्र ...
सांकेतिक तस्बिर

यो समाचार तयार पार्दासम्म केही स्थानीय तहले मजदुरलाई उद्धार गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले पर्वतको रानिपानीमा खानेपानीको काम गर्न प्युठानका १६ जना मजदुरलाई धुर्कोट गाउँबाट उद्धार गरेको छ । उनीहरूलाई खान बस्नको व्यवस्था गरी जिप मार्फत सम्बन्धी ठाउँसम्म पुर्‍याइएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताए ।

त्यस्तै मुसिकोट नगरपालिकाले कुस्माबाट पैदल हिँड्दै प्युठान जाँदै गरेका ११ जना मजदुरलाई जिप मार्फत आफ्नो घर पठाइएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

त्यस्तै यता छत्रकोट गाउँपालिकाले प्युठानको गौमुखी गाउँपालिकाका ९ जना मजदुरलाई सम्बन्धी ठाउँसम्म पुर्‍याएको छ । त्यस्तै जिल्लाको मालिका गाउँपालिकाले पनि बाग्लुङ गलकोट नगरपालिकामा पुलको काम बनाउने सल्यानका १० जना मजदुरलाई सम्बन्धी ठाउँ सम्म पुर्‍याइएको गाउँपालिका अध्यक्ष रीत बहादुर थापाले जानकारी दिए । त्यस्तै रेसुङ्गा नगरपालिकले लकडाउनको अवधिभर विभिन्न जिल्लाका ५२ जना मजदुरलाई घर पठाइएको र १ सय जनालाई भोजनको व्यवस्था गरिएको नगर प्रमुख डिल्लीराज भुसालले बताए ।

रुरु गाउँपालिकाको फ्रेन्ड क्लबले सुर्खेतबाट बाग्लुङको बुतिङ जाँदै गरेका नौ जना मजदुरको आवश्यक स्वास्थ्य परीक्षा गरी खान खुवाएर सम्बन्धित ठाउँसम्म पठाउन पहल गरिएको वडा नम्बर एकका वडा अध्यक्ष रामलाल विकले बताए । त्यस्तै मदाने गाउँपालिकाले दाङ र प्युठान जिल्लाका २० जना मजदुरलाई खान खुवाएर सम्बन्धी पालिकाका प्रमुख सँग समन्वय गरेर सम्बन्धी ठाउँसम्म पठाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्