Logo

कोरोना भाइरसको भ्याक्सिन नबन्न पनि सक्छ



Spread the love

एजेन्सी । कोरोना भाइरसको भ्याक्सिनको आवश्यक नपर्न सक्छ, यो भाइरस बिस्तारै हराउन पनि सक्छ-इयन फ्रेजर कोरोना भाइरसको भ्याक्सिनको पर्खाइमा बसिरहेका मानिसको आसामा अस्ट्रेलियाको एक भ्याक्सिन विकसित गर्नेले नराम्रोसँग झट्का दिएको छ ।

इम्युनोलोजीका प्रोफेसर इयन फ्रेजरका अनुसार कोभिड-१९ को भ्याक्सिन सायद नबन्न सक्छ । यसको पछाडि रहेका कारणहरु पनि उनले खुलाएका छन् । युनिभर्सिटी अफ क्वीन्सल्याण्डका प्रोफसर इयन फ्रेजरले दाबी गरेका छन् की कोरोना भाइरसको भ्याक्सिन तयार गर्नु भ्याक्सिन विकसित गर्नेहरुको लागि ठुलो चुनौति हो । प्रोफेसर इयनले न्युज.कम.एयुका अनुसार बताएका छन् कि कोरोना भाइरसको भ्याक्सिन सायद कहिल्यै बन्ने छैन ।

तर विश्वमा सन्त्रास फैलाउने यस भाइरसको असर बिस्तारै कम हुँदै जानेछ । प्रोफेसर इयनका अनुसार पुरै विश्वभरमा कोरोना भाइरसको भ्याक्सिनमा आधारित भई लगभ १०० अलग-अलग टीम अनुसन्धान गरिरहेका छन् । आजसम्म वैज्ञानिकहरुले यस्तो खालको मोडल भेटाएका छैनन् जसद्वारा थाहा पाइयोस् कि शरीरमा भाइरसविरुद्ध कसरी आक्रमण कसरी हुन्छ । कोरोना भाइरसको भ्याक्सिनमा इयन र उनको टीम काम गरिरहेको छ । इयानका बताउँछन् की श्वासप्रश्वास प्रक्रियासँग जोडिएको अंगको लागि भ्याक्सिन तयार गर्न गाह्रो हुन्छ ।

कोरोना भाइरस शरीरमा फैलिनुको सट्टामा फोक्सोको कोशमा रहने गर्दछ । कोरोना भाइरसले तपाईंको शरीरको कोषलाई मार्दैन, यसलाई बिरामी बनाउँदछ । यस परिस्थितिमा वैज्ञानिकहरुलाई बुझ्न मुस्किल भएको छ कि भ्याक्सिनले कोरोना भाइरसविरुद्ध कसरी आफ्नो असर देखाउँदछ । यस्तो बेलामा भ्याक्सिन विकसित बनाउन लागि परिरहेका सय टिमलाई सफलता प्राप्ति होला या नहोला केही भन्न सकिंदैन ।

प्रोफेसर इयनका अनुसार सन् २००३ मा चीनमा नै जन्मेको सार्सको लागि भ्याक्सिन बनाइएको थिएन । सार्सको संकट आफै हराएको थियो । कोरोना भाइरसको मामिलामा पनि यस्तो हुन सक्छ । विश्वभरमा कोरोना भाइरसबाट आजसम्म २३ लाखभन्दा बढी संक्रमित भएका छन् भने १ लाख ६० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । कोरोनाबाट सबैभन्दा बढी सिकार अमेरिका भएको छ ।

प्रतिक्रिया दिनुहोस्