Logo

कोरोनाबाट फोक्सोलाई बचाउन के के खाने ?



Spread the love

कोरोना भाइरसले मानिसको फोक्सोमा असर गरी मृत्युको सामु पुर्‍याउँछ । विश्वभरमा कोरोना भाइरसबाट मर्नेहरूको रिपोर्टले बताउँछ कि उनीहरूको फोक्सोमा तीव्र रूपले असर गरेको थियो । फोक्सोमा असर गर्ने हुनाले सास लिन पनि गाह्रो हुन्छ । यो समस्या विशेष गरी बूढाबूढीमा बढी देखिन्छ । किनकि उनीहरूको फोक्सो कमजोर हुन्छ । कोरोनाबाट फोक्सोलाई बचाउन आफ्नो सन्तुलित खानामा केही यस्ता वस्तु मिसाउनु पर्छ जसले फोक्सोलाई बलियो बनायोस् ।

ओखर
अमेरिकन कलेज अफ न्युट्रेसनमा प्रकाशित एक जर्नलका अनुसार ओखरमा प्रशस्त मात्रामा ओमेगा-३ फ्याट्टी एसिड हुन्छ । डाइटमा हरदिन एक मुट्ठी ओखर मिसाउनाले तपाईँको फोक्सो मजबुत हुन्छ । यसले सास फेर्न गाह्रो भएको अवस्थामा पनि फाइदा पुर्‍याउँछ ।

माछा
जुन माछामा फ्याटको मात्रा धेरै हुन्छ, त्यसको सेवन फोक्सोको लागि लाभदायक हुन्छ । यसमा पर्याप्त मात्रामा ओमेगा-३ फ्याट्टी एसिड हुन्छ ।

स्याउ
स्वस्थ फोक्सोको लागि हरदिन स्याउको सेवन फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिनले फोक्सोलाई स्वस्थ बनाई राख्दछ । एक शोधको अनुसार फोक्सोको लागि भिटामिन ई, सी, बेटा क्यारोटिन र अमिला फलफूल राम्रो मानिन्छ ।

ब्रोकाउली
एन्टी-अक्सिडेन्टले भरिपूर्ण ब्रोकाउलीले फोक्सोलाई स्वस्थ बनाई राख्न सहयोग गर्दछ । ब्रोकाउलीले फोक्सोको साथसाथै शरीरको स्टामिनाको लागि पनि राम्रो मानिन्छ ।

स्ट्रबेरी/ अंगुर
बेरीजमा पाइने एन्टी-अक्सिडेन्ट फोक्सोलाई स्वस्थ राख्नको लागि सहयोग गर्दछ । अंगुर र स्ट्रबेरी जस्ता फल फोक्सोको लागि राम्रो हुन्छ ।

खरबुजा
खरबुजामा भएको भिटामिन-एले फोक्सोलाई स्वस्थ राख्दछ र यसले इन्फेक्सनलाई पनि कमी गर्दछ ।

पानी
पानी फोक्सोको लागि निकै जरुरी हुन्छ । हरदिन ६ देखि ८ गिलास पानी पिउनु पर्दछ । यसले फोक्सोलाई शुद्ध गरी रोगबाट टाढा गर्दछ ।

सिमी
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सिमीको सेवन फोक्सोको लागि जरुरी छ । सिमीमा पाइने न्युट्रेसनले शरीरलाई फाइदा गर्दछ ।

यसै गरी रक्सी र धूम्रपानले फोक्सोलाई धेरै नोक्सान पुर्‍याउँछ । त्यसैले यी चिजबाट टाढा बस्नु राम्रो हुन्छ । यसका साथसाथै नियमित रूपमा शारीरिक अभ्यास गर्नु पनि आवश्यक हुन्छ ।

  • एजेन्सी ।

सम्बन्धित समाचार

कोरोना भाइरस कहिले रोकिएला ?

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्