Logo

चीनको अर्थव्यवस्थामा ૪० बर्ष यताकै सबैभन्दा बढी गिरावट



Spread the love

एजेन्सी । कोरोनाको सन्त्रास संसारभर फैलिएको छ । कोरोना भाइरस चीनमा उदय भई विश्वभर फैलिएको हो । चीनले कोरोनाको कारणले गर्दा भारी नोक्सानी व्यहोर्नु परेको छ ।

चीनलाई १९७० को दशकपछि पहिलो पटक अर्थतन्त्रमा भारी गिरावट आएको छ । भाइरसको कारणले गर्दा चीनले न त खपत गर्न सक्यो, न त निर्माण । जसकारणले गर्दा चीनीयाँ अर्थतन्त्रमा भारी नोक्सानी भयो । यो मान्ने गरिन्छ कि अब चीन पुरानो गतिमा जान लामो समय लाग्नेछ ।

विश्वको सबैभन्दा दोस्रो ठुलो अर्थव्यवस्था भएको देश चीनमा शुक्रबार जारी गरिएको आधिकारिक आंकडा अनुसार कोरोनाको कारणले कारखाना, पसल र यात्रा बन्द हुनाले मार्चसम्म सालको सुरुवाती तीन महिनामा ६.८ प्रतिशतले अर्थतन्त्रमा गिरावट आएको छ ।

कोरोनाको कारणले अर्थव्यवस्थाको हालत निकै खराब भएको छ । केही समयसम्म यो स्थिति रहिरहने पनि मानिएको छ । अब चीनले वस्तुहरु निर्यात गर्न पनि पाउँदैन किनकी विश्वका अधिकांश ठाउँ कोरोनाको त्रासबाट अछुत रहन सकेको छैन । यसै गरी यूरोप र अमेरिकाको हालत नाजुक छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्