५ वैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ ।
भारतमा बितेको २४ घण्टामा २६ जनाले ज्यान गुमाएका छन् । हिजो अर्थात् अप्रिल १६ तारिखमा मात्रै भारतमा २६ जनाले कोरोनाको कारणले ज्यान गुमाएका हुन् ।
अहिलेसम्म भारतमा १३ हजार ४ सय ३० जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ४ सय ४८ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा भारतमा ११ सय ८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्