Logo

जो बिडेनलाई बाराक ओबामाको साथ



Spread the love

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आउन लागेको राष्ट्रपतिको चुनावमा जो बिडेनलाई समर्थन गरेका छन् ।

ओबामाले भिडियो सन्देशको माध्यमबाट बिडेनलाई भोट गर्न अपिल गरेका छन् । जो बिडेन डेमोक्रेट्स पार्टीबाट राष्ट्रपति पदका लागि उठेका उम्मेदवार हुन् । उनलाई पूर्व राष्ट्रपति बाराक ओबामाको साथ मिलेको छ । अमेरिकामा तीन नोभेम्बरमा राष्ट्रपति चुनावको लागि मतदान हुनेछ । मंगलबार नै पूर्व राष्ट्रपति बाराक ओबामाले भिडियो सन्देशबाट सबैलाई बिडेनको साथ दिन आग्रह गरेका छन् ।

बाराक ओबामाले भने,”जब म राष्ट्रपति थिएँ तब बिडेनलाई उपराष्ट्रपति छान्नु मेरो सबैभन्दा ठुलो फैसला थियो । अब बिडेन अमेरिकाको राष्ट्रपतिको लागि सबैभन्दा उत्कृष्ट रोजाइ हुन् ।” अहिले अमेरिकामा कोरोना भाइरसको प्रकोप बढिरहेको छ । यस्तो अवस्थामा अमेरिकी नागरिकले सरकारले गरिरहेको कामको लेखाजोखा गरिरहेका छन् । मर्नेहरुको सङ्ख्याले डोनाल्ड ट्रम्पलाई चिन्तित तुल्याएको छ । यस्तो अवस्थामा डेमोक्रेट्स पार्टी एक भई बिडेनलाई साथ दिएको छ । बर्नी स्याण्डर्सले आफ्नो उम्मेदवार फिर्ता गरी बिडेनलाई साथ दिई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्