Logo

शाहरुख खानद्वारा कोरोना बिरुद्धको लडाइँमा २५ हजार पीपीई किट सहयोग



Spread the love

एजेन्सी । बलिउडका किङ्ग शाहरुख खानले कोरोना बिरुद्धको लडाइँमा महाराष्ट्रका मेडिकल स्टाफलाई २५ हजार पीपीई किट सहयोग गरेका छन् ।

शाहरुख खानले यसभन्दा पहिला प्रधानमन्त्री राहत कोष, महाराष्ट्र, पश्चिम बंगाल र दिल्ली सरकारको फण्डमा सहयोग गरिसकेका छन् । उनको मीर फाउण्डेसनले खाद्दपदार्थ नभएकाहरुलाई खाद्दपदार्थ पुर्याउने काम पनि गरिरहेको छ । यसै गरी शाहरुख खान र उनकी पत्नी गौरीले आफ्नो अफिसलाई क्वारेण्टाइन बनाउनको लागि सरकारलाई दिएका छन् ।

महाराष्ट्रका स्वास्थ्य र परिवार कल्याण मन्त्री राजेश टोपेले ट्विटरमा शाहरुख खानलाई धन्यबाद दिंदै लेखेका छन्,”२५, ००० पीपीई किटको लागि तपाईंलाई धन्यबाद । कोरोना भाइरसविरुद्ध लड्न र मेडिकल टिमलाई बचाउन यो निकै महत्वपूर्ण हुनेछ ।”

राजेश टोपेलाई जवाफ दिंदै शाहरुख खानले लेखेका छन्,” किट पुर्याउन हजुरले गरेको सहयोगको लागि धन्यबाद सर ! आफ्नो र मानवताको रक्षा गर्ने प्रयासमा हामी सबै साथ छौँ । सेवा गरेर खुशी लागेको छ । तपाईंको परिवार र टिम सुरक्षित र स्वास्थ्य रहनुहोस् ।”

कोरोना विरुद्धको लडाइँमा बलिउडका कलाकारहरु लागि परिरहेका छन् । अक्षय कुमार, सलमान खान, आलिया भाट लगायतका कलाकारहरुले कोरोना विरुद्धको लडाइँमा सहयोग गरिसकेका छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्