Logo

नयाँ वर्ष मनाउन पार्कमा पुगेका सशस्त्र प्रहरीको फन्दामा



Spread the love

१ बैशाख, गुल्मी । लकडाउन चलिरहेको समयमा नयाँ वर्ष मनाउन पार्कमा पुगेका गुल्मीका केही ब्यक्तिहरु सशस्त्र प्रहरीको फन्दामा परेका छन । 

जिल्लाको रेसुङा नगरपालिका स्थित दारे ढुङ्गा पार्कमा नयाँ  वर्ष मनाउन पुगेका महिला र पुरुष गरि करिब ५० जना सशस्त्र प्रहरीको फन्दामा परेका हुन । 

पार्कमा गएर करिब १ सय ५० जना मध्यबाट सशस्त्र प्रहरीलाई देखेर १ सय जना जति भागेका थिए ।

करिब ५० जनालाई नियन्त्रणमा लिइ दुई समुहमा विभाजन गरि आधा आधा घण्टासम्म कोरोना तथा लकडाउनको बारेमा राम्रोसँग जानकारी गराएर छोडिएको सशस्त्र प्रहरी बल गुल्मीका डिएसपी बिनोद खनालले सल्लेरी खबरलाई जानकारी दिए ।  

उनिहरु यसै क्षेत्रको भएर क्वारेन्टाइनमा नराखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्