Logo

काठमाडौं सनसिटी अपार्टमेन्टका तीनै जनामा कोरोना संक्रमणको पुष्टि



Spread the love

२ वैशाख, काठमाडौं । काठमाडाैँ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । केही बेरमा उनीहरुको जानकारी सार्वजनिक गरिने उच्च स्रोतले जानकारी दिएको छ ।


सो अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनामा र्यापिड टेस्ट गर्दा सोमबार कोरोना पोजेटिभ पाइएको थियो । उनिहरु २८ दिनअघि बेलायतबाट नेपाल आएका थिए ।

अहिले उक्त बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ। उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरिएको छ । 

परिवारका ३ जना आमा, छोरा र बुहारीलाई पीसीआर गर्नका लागि पाटन अस्पताल पठाइएको थियो । उनीहरु मध्ये सबैको रिपोर्ट फेरि पनि पोजिटिभ नै देखिएको छ ।

यो संँगै नेपालमा कोरोना भाइरस संक्रमित ब्यक्ति १७ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्