Logo

काठमाडौं पेप्सीकोलाका दुई जनामा कोरोना संक्रमणको पुष्टि



Spread the love

२ वैशाख, काठमाडौं । काठमाडाैँ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ ।

सो अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनामा र्यापिड टेस्ट गर्दा सोमबार कोरोना पोजेटिभ पाइएको थियो । उनिहरु २८ दिनअघि बेलायतबाट नेपाल आएका थिए ।


अहिले उक्त बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ । उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी

अहिले सो परिवारका ३ जना आमा, छोरा र बुहारीलाई पीसीआर गर्नका लागि पाटन अस्पताल पठाइएको थियो । उनीहरु मध्ये दुई जना छोरा र बुहारीको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ भने आमाको रिपोर्ट आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्