Logo

नयाँ वर्षको पहिलो दिन गुल्मीमा एक दम्पतीद्वारा आत्महत्या



Spread the love

१ बैशाख, गुल्मी – नयाँ वर्षको पहिलो दिनमै गुल्मीका एक वृद्ध दम्पतीले एउटै रुखमा एउटै पासोमा आत्महत्या गरेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका पाँच फोक्सिङका अन्दाजी ७० वर्षका ओम बहादुर सार्की र उनकी श्रीमती ६९ वर्षिया खिमकला सार्कि रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुणामणि पुनले सल्लेरी खबरलाई बताए ।


आफ्नै बारिको खन्युको रुखमा झुण्डिएको अबस्थामा उनिहरु फेला परेका हुन् ।
पारिवारिक झगडा भइरहने प्रहरीको प्रारम्भिक अनुसान्धनमा खुलेको छ भने घटनाबारे थप अनुसान्धन भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्