काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण मुलुक लकडाउनमा रहेकोले वर्ष २०७७ लाई नेपालीहरूले घरमै बसेर स्वागत गरेका छन् । यद्द्बी २-०७६ सालमा नेपालमा केही महत्त्वपूर्ण घटनाहरू हुन पुगी ती घटना सकारात्मक र नकारात्मक दुवै छन् । त्यस्ता के के घटना भए त २०७६ मा ?
छिमेकी राष्ट्र चिनको वुहानबाट सुरु भएर अहिले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस नेपालमा २०७६ को अन्तिमा समयमा प्रवेश गर्यो । राज्यका सम्पूर्ण स्रोत साधन तीव्र गरेर यसको रोकथाम र नियन्त्रणको प्रयास भइरहेको छ । यो भाइरसको कारण यति बेला मुलुक लकडाउनमा छ । हालसम्म भाइरसबाट नेपालमा १२ जना सङ्क्रमित छन् ।
२०७६ को असोजमा चिनिया राष्ट्रपति सी जिन पिङले नेपालमा दुई दिने राजकीय भ्रमण गरेका थिए । उनको भ्रमणसँगै विश्वको ध्यान नेपाल तर्फ धकेलियो । चिनिया राष्ट्रपति सी जिन पिङको असोज २५ गते र २६ गते भएको नेपाल भ्रमणले नेपाल र चिनको मित्रतामा नयाँ आयाम थपेको विश्लेषण भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासका पात्र मानिएका सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटा ७० करोड कमिसन प्रकरणमा जोडिए र अन्तत : उनले मन्त्री पदबाट राजीनामा दिनु पर्यो । सेक्युरिटी प्रेस मेसिन खरिद प्रकरणमा बास्कोटाले स्विस कम्पनीका नेपालस्थित प्रतिनिधि विजय मिश्रसँग ७० करोड मागेको अडियो सार्वजनिक भएपछि उनले फागुन ८ गते पदबाट हात धुनु परेको थियो ।
संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप बहालवाला सभामुख कृष्णबहादुर महरा २०७६ असोज १९ मा पक्राउ परेका थिए । पक्राउ पछि ३० दिन हिरासत र १०३ दिन सदर खोरमा थुनिए । पछि अदालतको फैसलासँगै उनी फागुन ५ गते सफाईसहित रिहा भएका थिए । आरोप पछि उनलाई नेकपाले सभामुख पदबाट राजीनामा दिन लगाएका थिए । त्यसपछि सभामुख पदमा अग्नि सापकोटा निर्वाचित भएका थिए ।
२०७६ मा अत्यधिक चर्चाको विषय बन्यो अमेरिकी सहयोग परियोजना एमसीसी। खास गरी नेकपामा एमसीसीविरुद्ध विवाद उत्पन्न भयो । यसको किनारा लगाउन नेकपाले झलनाथ खनालको नेतृत्वमा सुझाव दिन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले एमसीसी सम्झौता परिमार्जन गर्न सुझाएपछि नेकपाले सम्झौता अगाडी लान सकेन । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी अनुमोदन गर्न हतारिए पनि पार्टी भित्र मतभेद हुँदा यसको अनुमोदन हुन सकेको छैन ।
सरकारी जमिन सरकारले गोकर्ण रिसोर्ट यती होल्डिङ कम्पनीलाई थप २५ वर्ष लिजमा दिने निर्णयको बचाउ गरेको छ। राजधानीको गोकर्णेश्वर नगरपालिकामा रहेको २७ सय ९२ रोपनी जग्गामा रहेको रिसोर्ट सरकारले ६ वर्षको लिज अवधि बाँकी छँदै सम्झौता अवधि बढाएको थियो। २५ वर्षका लागि लिज नवीकरण गर्दा सरकारले कौडीको भाउमा जग्गा दिएको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध जनाएको थियो। संसद् देखि सडकसम्म एसको व्यापक विरोध भयो । तर, जति विरोध भए पनि सरकारले यसको बचाउ गरिरह्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष धेरै समय अस्पतालमा बिताउनु पर्यो । मिर्गौलाको डायलासिसदेखि प्रत्यारोपणसम्म गर्नु परेकोले ओली देश तथा विदेशका अस्पतालहरु धाएका थिए । साउन महिनामा सिंगापुर गएका उन्ला त्यसको ७ महिनापछि मिर्गौला प्रत्यारोपण गरेका थिए । त्यो पनि नेपालकै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भएको थियो ।
बहु चर्चित ललित जग्गाको छानबिनपछि विशेष अदालतमा मुद्दा दायर भएको छ । पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा तत्कालीन कर्मचारीहरू दीप बस्न्यात, छबिराज पन्त, दिनेशहरि अधिकारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो ।
कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । भ्रमण वर्ष स्थगन भएसँगै केशरमहलस्थित भ्रमण वर्ष सचिवालय पनि विसं २०७७ वैशाख १ गतेबाट विघटन भएको छ ।