छिमेकी राष्ट्र भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या बढ्दै गएको छ । आजसम्म भारतमा कोरोनाबाट ७૪ सय भन्दा बढी संक्रमित भईसकेका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै देशमा २१ दिनको लागि लकडाउन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यमन्त्रीहरुसँग कोरोनाको विषयवस्तुमा आधारित रहेर छलफल गरिरहेका छन् ।
विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले लकडाउनको अवधि बढाउन सुझाब दिएका छन् ।
गएको २૪ घण्टामा भारतमा कोरोनाबाट १०३५ जना कोरोनाबाट संक्रमित भएका छन् । २૪ घण्टामा यति धेरै केसहरु आएको पहिलो पटक हो । २૪ घण्टामा कोरोनाको कारणले ૪० जनाको ज्यान गएको छ ।
कर्नाटकमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या २१૪ पुगेको छ । यसै गरी महाराष्ट्रमा ९२ नयाँ केस आएक छन् । महाराष्ट्रमा मात्र अहिलेसम्म १, ६६६ जना संक्रमित भई सकेका छन् । गुजरातमा पनि संक्रमित हुनेहरुको सङ्ख्या ૪३२ पुगेको छ ।
ओडिशामा बच्चाहरुमा पनि कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । पाँच वर्ष र नौ वर्षका दुई बच्चामा संक्रमण पाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
- एजेन्सी ।