२९ चैत, गुल्मी – विश्वमै महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मालिका गाउँपालिकाले मोबाईल टिम गठन गरेको छ । मालिका गाउँपलिकाको वडा नम्बर पाँच छापाहिलेमा टिम गठन गरिएको वडा अध्यक्ष श्यामलाल गिरिले बताए ।
मालिका गाउँपालिकाको वडा नम्बर पाँच छापहिले गाउँपालिकाका सबै वडासँग सिमाना जोडिएका कारण मोबाईल टिमसँगै २२ वटा स्वयंसेवकको टिम गठन गरिएको छ ।
वडा अध्यक्ष श्यामलाल गिरिको संयोजकत्वमा पाँच सदस्यीय, तुल्सी गिरि र अमर कार्की सहायक संयोजक रहने गरि सात सात सदस्यीय टिम गठन गरिएको बताईएको छ ।
त्यस्तै स्थानीय युवा तथा क्लबहरुलाई परिचालन गरि ४१ जना सदस्य रहेको २२ वटा स्वयंसेवक टोलिको समेत गठन गरिएको छ । जुन टोलिले समाजमा हुने भिडभाड, भेला ,विवाह महोत्सव रोक्ने साथै सिमानाकामा निगरानी राख्ने वडा कार्यालयले जानकारी दिएको छ ।
टिमले अनावश्यक काममा बाहिर हिड्नेलाई नियन्त्रणमा लिई कारबाहीमा मद्दत पुर्याउने वडाले अपेक्षा लिएको छ ।