Logo

न्युजिल्याण्डमा कसरी रोकिएको छ कोरोनाको संक्रमण ?



Spread the love
नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा ...

एजेन्सी । विश्वका केही देश कोरोना भाइरसको लडाइँमा बाँकी देशभन्दा धेरै अगाडि निस्किएका छन् ।

न्युजिल्याण्डको जनसङ्ख्या ५० लाखमात्र रहेको छ । यहाँ १५ दिनको लकडाउन पुरा भई सकेको छ र त्यहाँको सरकार भाइरसविरुद्ध लड्न केही हदसम्म सफल भएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेनले बिहीवार भाषणमा भनिन्, “हामी बिस्तारै अवस्था सुधार्ने तर्फ अगाडि बढिरहेका छौँ । हाम्रो योजनाले काम गरिरहेको छ ।” अरु देशले कोरोना भाइरसबाट केही राहत मिल्दा लकडाउन हटाउने र नियमलाई कार्यान्वयन गर्न छाडिसकेका छन् । तर न्युजिल्याण्डले भने यसमा हतार गरेको छैन ।

डेनमार्कमा कोरोना भाइरसबाट ५५९७ जना संक्रमित भएका छन् भने २१८ जनाको ज्यान गईसकेको छ । डेनमार्कले यदि अागामी साता कोरोना भाइरसबाट संक्रमितको सङ्ख्यामा स्थिरता आए लकडाउन हटाउने बताएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेनले बिहीवार सीमामा अझ कडाइका साथ प्रतिबन्ध लगाउने बताएकी छिन् । आर्डेनले जो देशमा प्रवेश गर्दछ उसलाई घरको सट्टामा सरकारले व्यवस्था गरेको क्वारेण्टाइनमा बस्नुपर्ने जनाएकी छिन् । यो नियम न्युजिल्याण्डका जनतालाई मात्र लागू गरिनेछ, विदेशी नागरिकलाई भने २० मार्चबाट नै बन्देज गरिएको छ ।

२८ फेब्रुअरीमा न्युजिल्याण्डमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको थियो । तर अमेरिकामा ठीक एक महिनापछि कोरोना भाइरस देखिएको थियो । अहिले अमेरिकामा विश्वमा सबैभन्दा बढी संक्रमित रहेका छन् । आर्डेनले सही निर्णय र कडा कदमले देशलाई सुरक्षित राखिन् । न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमणबाट आजसम्म जम्मा दुई जनाको ज्यान गएको छ ।

न्युजिल्याण्डमा कम मृत्युदर हुनुको पछाडि युवाको आवादी धेरै हुनु एक हो । कोरोना भाइरसबाट विश्वमा बुढाबुढीको सङ्ख्या अत्याधिक रहेको छ । न्युजिल्याण्डमा कोरोना भाइरसबाट संक्रमित भएका २५ % मा २० देखि २९ वर्षका रहेका छन् भने १५ % प्रतिशत केसमा ३०-३९ वर्षका रहेका छन् । अमेरिकामा २५ सय बिरामीमा गरिएको अध्ययनमा २९ % कोरोना संक्रमित २० देखि ૪૪ वर्षका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्