Logo

कोरोना विरुद्धको लडाइँमा अक्षय कुमारद्वारा फेरि सहयोग



Spread the love

एजेन्सी । कोरोना विरुद्धको लडाइँमा भारतीय अभिनेता अक्षय कुमारले पुन: सहयोग गरेका छन् । यसभन्दा अगाडि अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु सहयोग गरेका थिए । अहिले भने अक्षय कुमारले ब्रिहनमुम्बई म्युनिसिपल कर्पोरेसन (बीएमसी) लाई ३ करोड सहयोग गरेका छन् ।

भारतका चलचित्र समीक्षक तरुण आदर्शले ट्विट गर्दै जानकारी गराएका छन् । उनले लेखेका छन्, ” प्रधानमन्त्री राहतकोषमा २५ करोड सहयोग गरेपछि अक्षयकुमारले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, टेस्ट किट र मेडिकल सामग्रीको लागि पुन: ३ करोड बीएमसीमा दान गरेका छन् ।”

अक्षय कुमार, सलमान खान, आलिया भाट, बरुण धवन लगायतका विभिन्न कलाकारहरुले कोरोना विरुद्धको लडाइँमा सहयोग गरिरहेका छन् ।

भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ६૪१२ जना संक्रमित भएका छन् भने १९९ जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्