Logo

कालिकोट खाँडाचक्र नगरपालिकामा पिपीई नपाएको स्वास्थ्यकर्मीको गुनासो



Spread the love

२८ चैत, कालिकोट । चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस अर्थात् (कोभिड १९) चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदै गइरहेको छ ।

कोरोना भाइरसको संक्रमण अहिले विश्वभर २०९ देशमा फैलिइ सकेको छ भने यसको प्रभाव अहिले नेपालमा पनि परेको छ । यस्तै कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकामा पनि विश्वभर फैलिएको कोरोना भाइरसको त्रासले आतंक मच्चाउदा पनि त्यहाँका स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको सामाग्री पिपिई (PPE) अहिलेसम्म वितरण नभएको उनीहरूले बताएका छन् ।

भारतमा मजदुरी गर्न गएकाहरू अहिले फर्किँदा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । अहिले स्थानीय बासिन्दा मनमा डर उत्तपन्न भएको बेला पुजाआजा, कोरोना हटाउन भनी पौराणिक धार्मिक पराम्परालाई आधार मानेर खसी बोका बलि चडाउने र जताततै भेला हुँदा झनै कोरोना फैलिने डर भएको छ । तर पनि स्थानीय सरकारले अहिलेसम्म स्वास्थ्यकर्मीहरुलाई पिपीई (PPE) वितरण नगरेको खाँडाचक्र नगरपालिकामा वडा न.४ का स्वास्थ्यकर्मी बुद्धिप्रसाद आचार्यले बताए ।

“लकडाउनका बेला शहरी क्षेत्र र भारतमा मजदुरी गर्दै आएका स्थानीय बासिन्दा गाउँ फर्किदा कसरि बच्ने भन्ने बारेमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेका छौ तर आफैलाई सुरक्षा छैन । ” स्वास्थ्यकर्मी आचार्यले गुनासो गरे ।

“लकडाउनको कारणले आवातजावत बन्द हुँदा स्वास्थ्य चौकी खोल्न साथ गाउँबासीहरुको भिड भाडमा बिना पिपीई (PPE) बिना काम गर्दा डराइ डराइ काम गर्न बाध्य भएका छौँ ।

प्रतिक्रिया दिनुहोस्