Logo

युएईमा रहेका नेपाली कामदारहरुको गुनासो – न नेपाल आउन पाउँछौ, न त रोजगारी नै रह्यो !



Spread the love

एजेन्सी । विश्वभर कोरोनाको महामारी फैलिएपछि धेरैको रोजगारी गुम्न थालेको छ। रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका नेपालीहरु कोरोनाभाइरसको सन्त्रास फैलिएसँगै विचल्लीमा पर्न थालेका छन् । त्यसैक्रममा दुबईमा रहेका नेपालीहरु कम्पनीले बेतलवी विदा दिएसँगै अबका दिन कसरी विताउने र रोजगारी गुम्ने डरले झनै विचलित भएका छन् ।

युएईले यसबेला श्रमिक कटौती गर्ने र सम्बन्धित कम्पनीले चाहेमा उनीहरुलाई काम नभएको समय अवधि तलब नै नदिन समेत पाउने नियम लागु गरेको छ । उक्त निर्णयले गर्दा धेरैले रोजिरोटी गुमाएका छन्।

लामो समयदेखि बाहिर ननिस्किएकाले अहिलेसम्म आफूहरु सुरक्षित रहेको र आफ्नो देश फर्कन चाहेको उनीहरु बताउँछन् । उनीहरुहले नेपाल फर्कने वातावरण बनाइदिन नेपाली दूतावासमा पनि बारम्बार अपिल गरे पनि नेपाल सरकारको निर्णय कुर्न बाहेक केही गर्न नसक्ने दूतावासले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्