Logo

जर्मनीले कोरोना भाइरसलाई कसरी रोक्यो ?



Spread the love

एजेन्सी । मार्चको दोस्रो सातामा यूरोप कोरोनाको नयाँ केन्द्र बन्न गई रहेको थियो । सबैको नजर चीनबाट हटेर यूरोपमा परेको थियो । यूरोपलाई लिएर सबैले अाफ्ना-आफ्ना नदरअन्दाज गरिरहेका थिए ।

समय बित्दै गयो । यूरोप कोरोनाको केन्द्र नै बन्यो । इटाली, स्पेन, फ्रान्स र बेलायत जस्ता देशहरु कोरोनाको चपेटामा परे । अहिले यी देशमा कोरोनाले नराम्रोसँग गाँजेको छ ।

जर्मनीकी चान्सलर एंगेला मर्केलले एक बयानमा जर्मनीको ७० प्रतिशत जनसङ्ख्या यानेकी करिब ५ करोड ८० लाख मानिस कोरोनाबाट संक्रमित हुन सक्छन् भनेर भनेकी थिईन् । जब मर्केलले आफूलाई क्वारेण्टाइनमा राखिन् तब जर्मनीको हालत इटाली र स्पेनको जस्तै हुने लागेको थियो । तर इटाली, स्पेन, फ्रान्स र बेलायतमा सयौँ मानिसहरु मरिरहेका छन्, जर्मनी भने यसबाट अछुत रहेको छ ।

जर्मनीले के काम गर्यो जसले गर्दा यहाँ कम मानिसको ज्यान गईरहेको छ ?

संक्रमितको सङ्ख्या हेर्ने हो भने जर्मनी र इटालीको लगभग बराबर नै छ । जर्मनीमा १ लाख ७ हजार संक्रमित छन् भने इटालीमा १ लाख ३५ हजार रहेका छन् । यसै गरी स्पेनमा संक्रमितको सङ्ख्या १ लाख ૪१ हजार रहेको छ ।

संक्रमितको सङ्ख्या नजिक भए पनि मर्नेहरुको सङ्ख्यामा भने धेरै अन्तर रहेको छ । इटालीमा १७ हजार र स्पेनमा १૪ हजार भन्दा बढीको ज्यान जाँदा जर्मनीमा मृत्यु हुनेहरुको सङ्ख्या २ हजारको आसपास रहेको छ ।

यस हिसाबलाई हेर्दाखेरि जर्मनीमा मृत्युदर ०.३ प्रतिशत रहेको छ भने इटालीमा ९ प्रतिशत र बेलायतमा ૪.६ प्रतिशत रहेको छ ।

तर जर्मनीमा सबै ठिक र केही नहुने आशंका भने छैन । स्वास्थ्य अधिकारीहरु आउने समय देशलाई चूनौतिपूर्ण हुने बताएका छन् ।

जानकारहरु भन्छन् कि जर्मनीले जनवरीबाट नै टेस्टिङ्ग गर्न सुरु गरेको थियो र टेस्ट किटको पनि विकास गरेको थियो । जर्मनीमा कोरोनाको पहिलो केस फेब्रुअरीमा देखिएको हो । त्यो भन्दा पहिले नै देशभर किटको व्यवस्था गरिसकेको थियो । जर्मनीले दक्षिण कोरियाले जस्तो धेरै टेस्ट गरेन तर माबिसहरुलाई अस्पतालमा भर्ना गर्यो ।

जर्मनीमा भन्दा इटालीमा कोरोना दुई साताअगाडि फैलिएको थियो । तर ज्यान जानेहरुको सङ्ख्या इटालीमा अत्याधिक रहेको छ । जर्मनीले विभिन्न सहरमा टेस्टिङ्ग ट्याक्सी चलायो । लकडाउनको समयमा घरमा गई टेस्ट गरिन्थ्यो । जस कारणले मानिसको उपचार गर्न सजिलो भयो । जुन काम यूरोपमा अरु देशहरु गर्न असमर्थ रहे ।

जर्मनीका स्वास्थ्य अधिकारीहरुले यो सूचना पठाएका थिए कि यदि संक्रमणको लक्षण देखिएको छ भने अस्पताल जानु पर्दैन । अधिकारीहरुलाई फोनमा सूचना दिनय अनि उनीहरु घरमै आई टेस्टिङ्ग गर्नेछन् । जर्मनीले एक सातामा नै लाखभन्दा धेरै मानिसहरुको टेस्टिङ्ग गरेको थियो । समयमै टेस्ट गर्दा उपचार पनि समयमै भयो । मानिसलाई समयमै आइसोलेसनमा राखियो । जसले गर्दा नतिजा राम्रो निस्कियो । जर्मनीले मानिसको मात्र टेस्ट नगरी डाक्टर, नर्स लगायतका मेडिकल टिमको पनि दैनिक टेस्ट गर्यो ताकि संक्रमण नफैलियोस् ।

जर्मनीले टेस्टिङ्गको साथसाथै ट्रेकिङ्गमा पनि ध्यान दियो । जुन कुरामा यूरोप र अमेरिका चुक्यो । ट्रेकिङ्गले गर्दा नै विद्दालय पहिला नै बन्द गरिएको थियो र धेरै मानिसहरुलाई आइसोलेसनमा राखियो ।

जर्मनीको स्वास्थ्य से‍वाको पनि धेरै तारिफ भएको छ । जर्मनीले समयमै आईसीयू र बेडहरुको सङ्ख्या बढाउने तर्फ ध्यान दियो । जर्मनीका एक डाक्टरका अनुसार जर्मनीले क्षमता यति बढाएको छ कि उसले इटाली, स्पेन र फ्रान्स लगायतका देशका बिरामी पनि आफ्नोमा उपचार गराउन सक्दछ । जर्मनीमा जनवरीमा भेन्टिलेटरयुक्त आईसीयू बेडको सङ्ख्या २८ हजार थियो । अहिले यो सङ्ख्या बढेर ૪० हजार पुगेको छ ।

जर्मनीले समयमै सही कदम उठायो । चाहे त्यो नाका बन्द होस् या सामाजिक दूरी । मार्चमा मर्केलले सार्वजनिक ठाउँमा तीनभन्दा बढी मानिस भेला हुन नपाउने घोषणा गरेकी थिईन् । सामाजिक दूरीदेखि लिएर अन्य रोकतोकमा जनताले मर्केलको साथ दिए । जस कारणले जर्मनीमा कम मानिसको ज्यान गयो ।

प्रतिक्रिया दिनुहोस्